जनता टाइम्स

२१ मंसिर २०७६, शनिबार ०८:२९

यी हुन् बलात्कारपछि डाक्टरको हत्या गर्ने अभियुक्तलाई इन्काउन्टर गर्ने हिम्मतवाला प्रहरी अधिकृत


भारत, मंसिर २१ । भारतको हैदराबादमा महिला डाक्टरलाई बलात्कार गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई इन्काउन्टर गर्ने प्रहरी अधिकृत विश्वनाथ सज्जनार अहिले भारतमा चर्चाको शिखरमा छन ।

हैदराबादको बाहिरी इलाका शमशाबादमा गत २७ नोभेम्बरको राति चार जनाले महिला डाक्टरलाई सामुहिक बलात्कार गरेपछि पेट्रोल छर्की आगो लगाएर हत्या गरेका थिए । सोही अभियोगमा पक्राउ परेका शिवा, नवीन, केशवुलू र मोहम्मद आरिफलाई घटनास्थल लगेसँगै भाग्न खोजेको भन्दै इन्काउन्टर गरेको थियो । प्रहरी कारबाहीमा चारै जनाको मृत्यु भएको छ ।

यसअघि सन २००८ मा पनि वारंगल जिल्लामा इन्जिनियरिङ पढ्ने दुई छात्रालाई एसिड छ्याप्ने तीन जनालाई प्रहरीले पक्राउ गरी इन्काउन्टर गरेको थियो । त्यसबेला सज्जनार वारंगलका एसपी थिए । उनी सज्जनार महिला र बाल सुरक्षामा ध्यान दिने अधिकारीका रुपमा परिचित छन् । अहिले इन्काउन्टर गर्ने विश्वनाथ सज्जनार सायबराबादका प्रहरी कमिश्नर हुन् । भारतीय सञ्चार माध्यमका अनुसार यसअघि स्पेशल इन्टलिजेन्स ब्रान्चमा आइजीको जिम्मेवारी सम्हालेका उनी इन्काउन्टर विज्ञको रुपमा परिचित छन् ।