जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १८:४१

एक लाख अमेरिकी डलरसहित महिला विमानस्थलबाट पक्राउ


काठमाडौं, वैशाख २७

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ठुलो मात्रामा अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् । भारतको मुम्बई जान लागेकी एक भारतीय महिला एक लाख अमेरिकी डलरसहित आज पक्राउ परेकी हुन् ।

नेपाल एयरलाइन्सको उडानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी १ लाख अमेरिकी डलरसहित पक्राउ परेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेकी सोनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।