काठमाडौं, फागुन २३ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लामो समयदेखिको गढ भत्काएको छ ।
रास्वपाका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ले २८ हजार १४७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार नेपाली कांग्रेसका किरण न्यौपाने ले ४ हजार २८२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका सोमप्रसाद मिश्र ले ३ हजार ७२१ मत प्राप्त गर्नुभएको छ ।
यसअघि भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवाल निरन्तर निर्वाचित हुँदै आउनुभएको थियो । यसपटक भने रास्वपाका उम्मेदवार रन्जित विजयी भएसँगै उक्त क्षेत्रमा नयाँ राजनीतिक समीकरण देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्