जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार ०५:१८

प्रेमिकाले नै काटिदिइन प्रेमीको लिंग, दिइन यस्तो बयान


काठमाडौं, मंसिर २४ । राजधानीको बौद्धमा एक युवतीले प्रेममा धोका पाएको भन्दै प्रेमीको गुप्तांग (लिंग) काटिदिएकी छिन्। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया युवतीले २१ वर्षीया सुनुवार थरका व्यक्तिको लिंग काटिदिएकी हुन्। प्रेमीको लिंग काटिदिने ती युवतीलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ। घाइते सुनुवारको ओम अस्पतालमा आईसीयूमा भर्ना भएर उपचार गराइरहेका छन्। घाइते सुनुवार एक होटलमा काम गर्ने कर्मचारी हुन्।एक वर्षदेखिको प्रेममा धोका पाएको भन्दै यस्तो हर्कत अपनाएको युवतीले प्रहरीसँग बयान दिएकी छिन्। डीएसपी सिंहका अनुसार युवतीले लि)ग काटन प्रयोग गरेको चक्कु पनि बरामद भएको छ। युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दामा म्याद थपेर अनुसन्धान थालिएको जानकारी सिंहले दिनुभयो । ‘प्रारम्भिक अनुसन्धानमा प्रेममा धोका पाएपछि युवतीले यस्तो हर्तक देखाएको देखिन्छ। हामी थप अनुसन्धान गर्दैछौं,’ डिएसपी सिंहले भन्नुभयो ।