रामेछाप, चैत ५ । रामेछाप प्रहरीले जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालकहरूमा लागु पदार्थ सेवन (लापसे) भए–नभएको जाँच सुरु गर्नुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली नगर अस्पतालसँगको सहकार्यमा उक्त अभियान सुरु गरेको हो । लापसे गरी सार्वजनिक सवारी सञ्चालन गर्दा चालक तथा यात्रुको जीवन जोखिममा पर्ने भएकाले यसको नियन्त्रणका लागि अभियान अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवासचन्द्र मण्डलले जानकारी दिनुभयो ।
बिहीबार गरिएको जाँचका क्रममा ३५ वटा सवारी साधन परीक्षण गर्दा ३ जना चालकले लापसे गरेको पाइएको उहाँले बताउनुभयो । ती चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको जानकारी दिइएको छ ।
यस प्रकारको जाँचलाई सवारी दुर्घटना न्यूनीकरणका लागि निरन्तरता दिइने रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टले बताउनुभयो । उहाँले लागु औषधविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्