जनता टाइम्स

२५ मंसिर २०७६, बुधबार ११:४८

मिस नेपाल अनुष्का मिस वर्ल्डको टप ४० मा, यसरी गर्न सकिन्छ भोटिङ


काठमाडौं, मंसिर २५

मिस नेपाल अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गत हेड टु हेडु च्यालेन्ज राउन्ड टु जितेर टप ४० मा पर्न सफल भएकी छन् । उनको मिस इन्डोनेसियासँग टक्कर परेको थियो ।

अनलाइन मत र खरो सवाल जवाफका आधारमा उनी टप ४० मा परेकी हुन् । उनले भनिन् ’म प्रतियोगिताको एउटा खुड्किलो पार गरेकोमा ज्यादै खुशी छु’ । यस बाहेक उनी ’ब्युटी वीथ अ परपोज’ को टप १० मा पनि परेकी छन् । विश्व सुन्दरीहरुमाझ हिजो साँझ लन्डन ओटु इन्डिगोमा भएको ’ब्युटी वीथ अ परपोज च्यारिटी डिनर’ मा सो घोषणा गरिएको हो ।

आउँदो साता १४ तारिख लन्डन एक्सेलमा हुने ६९ औँ ‘मिस वर्ल्ड प्रतियोगिता’ मा प्रतिष्पर्धा गर्न १ सय २५ देशका सुन्दरी लण्डन आएका छन् । अनुष्काले अब मल्टिमिडिया अवार्डका लागि पनि मत दिन सबैमा अफिल गरेकी छन् । अनुष्कालाई www.missworld.com मा गएर मत दिन सकिने छ । अत्यधिक मत भए उनले मल्टिमिडिया अवार्ड जित्नेछिन् । मिस वर्ल्डका लागि भोटिङ जारी छ ।

उनलाई भोट गर्नका लागि आधिकारिक पेजमा गएपछि भोट भन्ने अप्सनमा गएर नेपाल रोजेपछि त्यहा भोट गर्न सकिने व्यवस्था छ । भोट गर्नुअघि माथिल्लो साइटमा रहेको लगइन भने गर्नुपर्ने हुन्छ । अहिलेसम्मको भोटिङमा उनि तेस्रो नम्बरमा रहेकी छन् ।