जनता टाइम्स

२६ मंसिर २०७६, बिहीबार ०८:४२

के तपाईको पासवर्ड ह्याक भयो ? अव गूगल क्रोमुले दिन्छ सूचना


एजेन्सी । गूगल क्रोमु ब्राउजरमा नयाँ सुविधा थपिएको छ, यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ ।

गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको प्रयोगकर्ता नाम र पासवर्ड कम्प्रोपाइज्ड ९सहजै अनुमन गर्न सकिने० छ र तपाईँ कुनै बेवसाइटमा जाँदै हुनुहुन्छ भने गूगल क्रोमले तपाईँलाई आग्रह गर्नेछ । यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा मद्दत गर्नेछ ।’ कार्यकारी निर्देशक पिचाईका अनुसार रियल टाइम फिशिंग प्रोटेक्सनुमा पनि सुधार गरिदैँछ । कुनै द्वेषपूर्ण साइटमा जाँदा प्रयोगकर्ताले सूचना पाउनेछन् ।

क्रोम सेटिंगमा गएर सिंक अप्सन छनोट गर्न सकिन्छ । यद्यपि यो विशेषता ती सबै प्रयोगकर्तालाई जारी गरिएको हो, जसले क्रोममा सेफ ब्राउजिंग प्रोटेक्सनअनुसार साइन इन गरेका छन् । गूगलले यो प्रविधिलाई सबैभन्दा पहिले पासवर्ड चेकअप एक्स्टेन्सन (पासवर्ड जाँच विस्तार) को रुपमा सुरु गरेको थियो । अब यही विशेषतालाई विस्तार गर्दै कम्पनीले यसलाई गूगल क्रोमको पासवर्ड प्रोटेक्सनको लागि पेस गरेको हो ।