जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार १३:२९

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा रामेछापमा रक्तदान र बिरामीलाई फलफूल वितरण


रामेछाप, चैत १६ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा रामेछापका पत्रकारहरूले रक्तदान तथा बिरामीहरूलाई फलफूल वितरण कार्यक्रम गरेका छन् ।

नेपाल पत्रकार महासंघ रामेछाप शाखाको आयोजनामा सोमबार बिहान मन्थलीस्थित देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पत्रकारसहित १२ जनाले रक्तदान गरेका नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थापना दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।  रक्तदान कार्यक्रममा पत्रकारहरूका साथै स्थानीय नागरिकहरूको पनि सहभागिता रहेको थियो ।

यसै अवसरमा मन्थलीमा रहेका विभिन्न अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मन्थली नगर अस्पताल, तामाकोसी अस्पताल तथा मन्थली सामुदायिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको महासंघले जनाएको छ ।