सप्तरी, मंसिर २६ । एक महिलालाई बलात्कार प्रयाशको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिकाका वडाध्यक्ष पक्राउ परेका छन्। सोनगरपालिकाको वडा–१२ का वडाध्यक्ष लक्ष्मी साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले बुधबार बिहान पक्राउ गरेको हो।
स्थानीय एक महिलाले आफुलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्