जनता टाइम्स

२३ बैशाख २०८३, बुधबार १२:५९

 काभ्रेको चौँरी-देउरालीमा पहिरोले पुरिँदा डाेजर अपरेटरको मृत्यु


काठमाडौं, वैशाख २३ ।चौँरी-देउराली गाउँपालिका–७ स्थित दोभानटार नजिकै काम गरिरहेका क्रममा माथिबाट आएको पहिरोले पुरिँदा एक डाेजर अपरेटरको घटनास्थलमै मृत्यु भएको छ।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मी तुरुन्तै घटनास्थलमा पुगेर उद्धार प्रयास गरेका थिए। तर, गम्भीर रूपमा पुरिएका कारण उनलाई बचाउन नसकिएको जनाइएको छ।

प्रारम्भिक विवरण अनुसार अपरेटर सडक निर्माणसम्बन्धी कार्यमा संलग्न रहेका बेला अचानक आएको पहिरोले पुरेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, यस्ता जोखिमयुक्त क्षेत्रमा काम गर्ने अपरेटरहरूको ज्यान सुरक्षालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाएर मात्र काम गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।