जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १२:०१

सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर, ४०७ जना लाभान्वित


भक्तृपुर, मंसिर २९

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०७ जना लाभान्वित भएका छन् । सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको थियो । आँखा, दाँत तथा जनरल परीक्षण विभिन्न अस्पतालमा कार्यरत २० विशेषज्ञ चिकित्सकले गर्नुभएको थियो ।

]नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो रक्तचाप जाँच गराइ शिविरको शुभारम्भ गर्दै नगरबासीको स्वास्थ्यमा पहिलो पहिलो प्राथमिकता दिएको वताउनुभयो । सिद्धीदास माध्यामिक विद्यालयका प्राचार्य लोकेन्द्र अर्यालले समय समयमा आफ्नो विद्यालयले स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको जानकारी दिनुभयो । सो अवसरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।