काठमाडौं, जेठ ५ । वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का केन्द्रीय सदस्यहरूको बैठक आज पार्टीको वाग्मती प्रदेश कमिटीको आयोजनामा सम्पन्न भएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यदिशाका विषयमा छलफल भएको जनाइएको छ । बैठक नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलकाे अध्यक्षता तथा एमाले सचिव महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

सहभागी केन्द्रीय सदस्यहरूले पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति, जनसम्पर्क विस्तार, संगठन निर्माण तथा जनअपेक्षाअनुसारको राजनीतिक भूमिकाका विषयमा सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा उठेका सुझाव, धारणा तथा निष्कर्षहरूलाई वाग्मती प्रदेश कमिटीले ग्रहण गर्दै आगामी कार्यक्रम, अभियान तथा संगठनात्मक योजनाहरू निर्माण गर्ने निर्णय गरिएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्