काठमाडौं, ७ जेठ । नेकपा (एमाले) ले पार्टी पदाधिकारीहरूको नयाँ वरीयताक्रम निर्धारण गरेको छ। भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने तयारीसहित अध्यक्षदेखि सचिवसम्मको वरीयताक्रम टुंगो लगाइएको हो।

निर्धारित वरीयताक्रमअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो नम्बरमा रहनुभएको छ भने उपाध्यक्ष रामबहादुर थापा दोस्रो नम्बरमा पर्नुभएको छ।
त्यसैगरी उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल तेस्रो, पृथ्वीसुब्बा गुरुङ चौथो, गोर्कण विष्ट पाँचौँ र रघुजी पन्त छैटौँ वरियतामा रहनुभएको छ।
महासचिव शंकर पोखरेल सातौँ वरियतामा रहनुभएको छ।
उपमहासचिवतर्फ लेखराज भट्ट पहिलो, रघुवीर महासेठ दोस्रो र योगेश भट्टराई तेस्रो वरियतामा रहनुभएको छ।
सचिवहरूतर्फ छविलाल विश्वकर्मा पहिलो वरियतामा रहनुभएको छ भने महेश बस्नेत अन्तिम (१९औँ) वरियतामा पर्नुभएको छ।
एमालेले तय गरेको पदाधिकारीहरूको पूर्ण सूची यस प्रकार रहेको छः
१. अध्यक्ष – केपी शर्मा ओली
२. उपाध्यक्ष – रामबहादुर थापा ‘बादल’
३. उपाध्यक्ष – विष्णुप्रसाद पौडेल
४. उपाध्यक्ष – पृथ्वीसुब्बा गुरुङ
५. उपाध्यक्ष – गोर्कण विष्ट
६. उपाध्यक्ष – रघुजी पन्त
७. महासचिव – शंकर पोखरेल
८. उपमहासचिव – लेखराज भट्ट
९. उपमहासचिव – रघुवीर महासेठ
१०. उपमहासचिव – योगेश भट्टराई
११. सचिव – छविलाल विश्वकर्मा
१२. सचिव – पद्मा अर्याल
१३. सचिव – खगराज अधिकारी
१४. सचिव – भानुभक्त ढकाल
१५. सचिव – यामलाल कँडेल
१६. सचिव – शेरधन राई
१७. सचिव – राजन भट्टराई
१८. सचिव – हिक्मत कार्की
१९. सचिव – महेश बस्नेत












प्रतिक्रिया दिनुहोस्