जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १८:२७

यस्तो छ बालेन सरकारको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)


काठमाडौं, जेठ १५ । रास्वपाका बरिष्ठ नेता बालेन साह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो ।

अर्थमन्त्रीका अनुसार बजेटमा चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेट बेहोर्ने स्रोतमध्ये राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड छ । वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब जुटाइने अनुमानि पेश गरिएको छ । यस्तै आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरिएको थियो । यसमध्ये यो वर्ष खर्च हुने अनुमान गरिएको खर्चको तुलनामा यो २५ प्रतिशतले बढी हो । सरकारले प्रस्तुत गरेको बजेटमा आम्दानी भन्दा घाटा देखिएको छ ।

बजेट र कार्यक्रम हेर्न यसलाई क्लिक गर्नुहाेस् :

budget 2083