जनता टाइम्स

१ पुष २०७६, मंगलवार ०७:५३

कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं,  पुस १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ । परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ । www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.comwww.theconnectplus.com

मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।