जनता टाइम्स

१ पुष २०७६, मंगलवार ०९:५६

यसकारण विदा हुदैछन् भारतीय राजदूत पुरी


काठमाडौं, पुष १

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्किने भएका छन् । नेपाल र भारतबी सिमा विवाद चर्किरहेका बेला पुरी तीनवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लाग्नु भएको हो । स्वदेश फिर्ता १५ पुसमा हुने भएपनि उहाले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाइ भेट गरिसक्नु भएको छ ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने कुरा अहिले यकिन भइसकेको छैन । नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।