जनता टाइम्स

२ पुष २०७६, बुधबार ०७:५७

क्लिनिकमा बोलाएर प्रेमिकिाले यसरी काटिदिइन प्रेमीको गोप्य अंग, बयान सुन्दा सवै चकित


काठमाडौं, पुस २ । भारतको किर्नाटकामा पर्ने बेङलोरकी एक महिला चिकित्सकले अर्कै महिलासँग विवाह गरेपछि आफ्ना पूर्वप्रेमीको गोप्य अंग काटिदिएकी छन । ती महिला डाक्टरले आफ्नो क्लिनिकमा बोलाएर पूर्वप्रेमीको गोप्य अंग काटिदिएकी हुन ।

भारतीय समाचार एजेन्सीका अनुसार दन्तरोग विशेषज्ञ डा सइदा अमिदा नहीम नामकी डाक्टरले आफुलाई धोका दिएर अर्कैसँग विवाह गर्ने प्रेमीलाई आफ्नो क्लिनिकमा बोलाएर गोप्य अंग काटिदिएकी हुन् । सामान्य झगडा भएपछि केटाले अर्कै महिलासँग विवाह गरेका थिए । अर्कैलाई विवाह गरेपछि महिला डाक्टरले फकाएर पूर्वप्रेमीलाई आफ्नो क्लिनिकमा बोलाइन् । त्यसपछि उनले क्लिनिकमा आउँदासाथ बेहोस हुने जुस खुवाएर पूर्वप्रेमीको गोप्य अंग काटिदिइन् । उनले पूर्वप्रेमीको गोप्य अंग नालामा बगाइदिएकी थिइन् ।

आफुले गोप्य अंग काटिदिएर उनले नजिकैको अस्पतालमा पूर्वप्रेमीलाई भर्ना गरिन् । आफुले अर्कै महिलासँगको विवाहमा रिसमा आएर पूर्वप्रेमीको गोप्य अंग काटिदिएको सइदाले बताएकी छन । जिल्ला अदालतले महिला डाक्टरलाई अपराधका लागि १० वर्ष जेल सजाय र तीन लाख भारतीय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।