दाङ, असार ७ । दाङको घोराही उपमहानगरपालिका–१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइराखिएको अवस्थामा प्रहरीले ६ नाल भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद गरिएका सबै भरुवा बन्दुक लोड अवस्थामा रहेका थिए। घटनास्थलबाट करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १३ वटा फलामका गोली तथा २ बट्टा सलाई समेत फेला परेको छ।
प्रहरीले बरामद भएका बन्दुक तथा अन्य सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
ती बन्दुक तथा विस्फोटक सामग्री कसले, कहिले र के उद्देश्यले सामुदायिक वनको झाडीमा लुकाइराखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्