काठमाडौं, असार १४ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकैदिन ८० भन्दा धेरै ट्याक्सी नियन्त्रणमा लिएको छ। कालो सिसा राखेर चलाउने सवारीसाधनविरुद्धको कारबाही अभियानमा ट्याक्सीलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिकका एसपी नरेशराज सुवेदीले बताउनु भयो ।
कालो सिसा लगाइएका सवारीसाधनमा आपराधिक गतिविधि हुन सक्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्ता सवारीसाधनलाई न्यूनतम ७ हजार पाँच सय जरिवाना तिराएर ट्राफिक प्रहरीले कालो स्टिकर निकाल्ने गरेको छ।
अन्य निजी ८० भन्दा धेरै गाडीलाई पनि कारबाही गरिएको एसपी सुवेदीले जानकारी दिनुभयो । पछिल्लो समय ट्राफिक प्रहरीले बिशेष अभियान चलाउँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्