जनता टाइम्स

१५ असार २०८३, सोमबार १७:१०

सरकारबिरुद्ध बोलेको अभियोगमा कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ


काठमाडौं, असार १५ । सरकारबिरुद्ध बोलेको आरोपमा कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका एक सुकुम्वासीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

होल्डिङ सेन्टरमा रहेका ३९ वर्षीय डम्बरबहादुर तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार तामाङले सिंहदरवार छिरेर खुकुरीले छप्काउने भन्दै सार्वजनिक शान्ति सुरक्षा खलल पार्ने काम गरेका छन ।

सोही कारण तामाङलाई सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको एसपी भट्टराईको भनाई छ । तामाङले घरमा डोजर चलाएर होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीलाई ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएको प्रहरीको आरोप छ ।