काठमाडौं, असार १५ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वगृहमन्त्री डा भीम रावलले बोलीमा नभई व्यवहारमा लागू हुने समाजवाद आवश्यक रहेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले यस्तो धारणा राख्नुभएको हो । उहाँले नेपालको हकमा समाजवादमा पुग्ने चार आधार प्रस्तुत पनि गर्नुभएको छ ।
यी हुन चार आधार
१.नेपालका कम्युनिस्ट पार्टीलाई राष्ट्रको सर्वोपरि हित राखेर जोड्ने समाजवाद आवश्यक छ ।
२.२००६ सालमा पुष्पलालले नेपालको आत्मनिर्भर स्वाधीन अर्थतन्त्र, कृषिमा किसानमाथिको शोषणको अन्त्य, असमान सबै सन्धि सम्झौताबाट मुक्त गर्ने समाजवादको कुरा गर्नुभएको थियो । त्यो व्यवहारमा हुनुपर्यो । ठुलठुला ग्रन्थ लेखेर मात्र केही हुँदैन ।
३.नेपाललाई संसारको अगाडि स्वाधीन र समृद्धि देश बनाउने समाजवाद आवश्यक छ । प्राकृतिक साधन, स्रोत, जनशक्ति राष्ट्रको सर्वोपरि हितमा उपयोग र सञ्चालन हुनुपर्यो । पार्टी नेतृत्वमा पुगेपछि विपरीत सिद्धान्त भएकाहरूसँग गठजोड गर्ने, निर्वाचनमा गठबन्धन गरेर वैज्ञानिक समाजवाद आउँछ ? काम गर्नुपर्यो । कामबाट प्रमाणित गरेर जनताको मन जित्नुपर्यो ।
४.कम्युनिस्टहरूले राष्ट्रवादी आन्दोलन गर्नुपर्छ । प्रधानमन्त्रीले भारतको जग्गा मिचेको छ भनेर मन्तव्य दिएका छन् । यस्तो बेला आवाज बन्द गरेर देशको सिमाना रक्षा गर्ने समाजवाद चाहियो ।













प्रतिक्रिया दिनुहोस्