जनता टाइम्स

४ पुष २०७६, शुक्रबार ०८:४९

बिहीवार आजसम्मकै दुर्लभ ग्रहण लाग्दै, कन्या, मिथुन, कुम्भ तथा मकर राशिका लागि विषेश फाइदा


ललितपुर, पुस ४ । आगामी २०७६ साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्र’हणले छोड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कन्या, मिथुन, कुम्भ तथा मकर राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।

पुस ९ गते राति ८ बजेर ४२ मिनेट बाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ । यस्तो अवस्थालाई सु’तक काल भनेर भनिएको छ । सुतक ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने छ। यो ग्रहण बिशेष गरि भारतको नाम र राशिमा लाग्ने हुदा भारतमा यसको प्रभाव उच्च रहने छ । यसको प्रभाव पृथ्वीमा रहेका हरेक वस्तुमाथि फरक फरक तरिकाले पर्दछ । यस्ता खाले ग्रहण लागेको समयमा विभिन्न क्षेत्रमा प्रभाव पार्ने गर्दछ । बिशेष गरि पूर्वी तथा दक्षिणी देशहरुमा यसको प्रभाव उच्च रहने छ । ग्रहण लाग्ने राशिको हिसाबले पनि धनु राशिको दिशा पनि पूर्वनै हो, यस कारणले पनि यी क्षेत्रमा धेरै प्रभाव पर्ने अनुमान गरिएको छ । राजनीति, व्यापार विदेश मुद्रा, सुन चाँदीको मुल्यमा वृद्धि हुने जस्ता घटना एक पक्ष अघि र एक पक्ष पछि सम्म रहने छ । पक्ष भन्नाले १५ दिन अघि भन्ने बुझिन्छ । यसको प्रभाव १५ दिन अघिदेखि नै पर्न सुरु गर्छ भने ग्रहण लागेपछि पनि करिव १५ दिन रहने छ । तर लागेपछिको समय भने त्यत्ति खतरा नहुने, तर सवारी तथा हवाई दुर्घटनामा भने सावधानी अपनाउनु पर्ने देखिन्छ ।

यो खण्डग्रास सुर्य ग्रहण हो । ग्रहण प्रकृतिका लागि अद्भुत चमत्कार एक खगोलीय घटना हो । यसको गणना ईसाको चारहजार वर्ष पूर्व नै गणना भएको कुरा वेदमा उल्लेख छ । ऋग वेदमा भनिएको छ, ‘अत्री ऋषिका परिवारलाई मात्रै यस्तो खाले खगोलीय घटनाको गणना गर्ने ज्ञान थियो । महर्षि अत्रीमुनि ग्रहणहरुकोबारेमा जानकारी गराउने प्रथम आचार्य भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । वैदिक कालदेखि नै ग्रहणको अद्ययन तथा परिक्षण भएको प्रमाण भेटिन्छ । भौतिक विज्ञानले पनि स्वीकारेको छ, एन्टिरेडिएसनका रुपमा र आद्यात्मिकले पनि नकारात्मक शक्ति एकदमै हानिकारक हुन्छ र यसबाट बच्नका लागि आग्रह गरेका थिए । यसको स्रोत भनेको, राहु र केतु नाम गरेका ग्रहहरुबाट नै आउने हो । त्यस कारण हरेक औंशी तथा पूर्णिमामा ग्रहण नलाग्नुको कारण नै राहु र केतुले गर्दा हो । वैज्ञानिक तथा खगोलविद्का लागि यस्ता खाले खगोलीय घटनाहरुलाई निक्कै महत्त्वका साथ हेरिने गर्दछ । एक पटक लागेको ग्रहण पुन दोहोरिन मानिसले धेरै लामो समय करिब दुई दशक पछिमात्रै ठिक यहि समयमा यस्तैखाले ग्रहण लाग्दछ ।

लामो समय कुर्नु पर्ने भएकाले पनि विशेष महत्त्वका साथ हेरिने गर्दछ ।