जनता टाइम्स

१८ असार २०८३, बिहीबार १४:४३

महिलाको अश्लिल भिडियो देखाएर ‘दामदेखि ..प्याससम्म मेटाउ’ भन्दै ब्ल्याकमेल गरेपछि


काठमाडौं, असार १८ । महिलाको अश्लिल भिडियो र फोटो देखाएर पैसादेखि यौन प्यास मेटाउन ब्ल्याकमेल गर्ने युवक समातिएका छन । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधवार साँझ काठमाडौंको टोखाबाट ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका ८ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने २० बर्षीय पवन निसाद रहेको ब्यूरोले जनाएको छ । साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीका अनुसार निसादलाई बुधवारटोखा नगरपालिका ७ बाट पक्राउ गरिएको हो । एसपी गिरीका अनुसार निसादलाई बिहीवार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई ५ दिनका म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

निसादले आफूसँग सम्बन्धमा रहँदा खिचेको अश्लिल भिडियो र तस्विर दुरुपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दवावसमेत दिएको भन्दै पीडित युवती प्रहरीमा उजुरी लिएर पुगेकी थिइन । आफ्नो अभिष्ट पूरा नभएपछि निसादले सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाउने कार्य गरेका थिए ।

पैसादेखि यौन प्यास मेटाउनेसम्मको ब्ल्याकमेलिङ गरेको र नमानेपछि परिवारमा सो भिडियो पठाएको भन्दै उजरी परेपछि प्रहरीले पक्राउ गरेको हो । उनीबिरुद्ध बिद्युतीय कारोवार ऐन (साइबर अपराध) मा म्याद थप भएको प्रहरीले जनाएको छ ।