काठमाडौं, असार १८। प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित भएको छ । आज बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक २०८३ बहुमतले पारित भएको हो ।सहकारी क्षेत्रका समस्या समाधान गर्न सहकारी ऐन २०७४ संशोधन गरिएको मन्त्री रावलले जानकारी दिनुभयो । सहकारी बचत अपचलनमा संलग्नको सम्पत्ति जफत र ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो ।यस्तै आजको बैठकले सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद विधेयक पनि बहुमतले पारित गरेको छ ।अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक सदनमा ल्याइएको हो ।
प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित













प्रतिक्रिया दिनुहोस्