काठमाडौं, असार २० । सरकारको सय दिन पुगेकै क्षण गृहमन्त्री सुदन गुरुङ शुक्रवार राती सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको छ ।
आफै सवारी चलाउने गृहमन्त्री गुरुङ बिदेसिने नेपालीको लाइनको जुलुस लागिरहेको एक्कासी एअरपोर्ट पुग्नुभएको हो । गृहमन्त्री गुरुङ केही दिनअघि कसैलाई जानकारी नदिई बारा र पर्साको सीमा नाकामा पुगेका थिए भने शुक्रवार मात्रै मात्र कोशी प्रदेशबाट फर्कनुभएको हो ।
राजधानी आएलगत्तै छडके अनुगमन र निरीक्षणका लाति शुक्रवार राती विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा देखिनुभएको थियो । निजी सुरक्षा गार्ड, नेपाल प्रहरी, सशस्त्रको जम्बो टोलीसहित पुगेका गुरुङले नागरिक उड्डयन कार्यालय, अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार क्षेत्र र शौचालयहरूको अनुगमन गर्नुभयो। गृहमन्त्रीले सौचालय ठीक छ कि छैन भन्नेमा बिशेष चासो देखाउनु भएको थियो ।
सो क्रममा गृहमन्त्री गुरुङले कर्मचारीहरुलाई सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्