काभ्रे, असार २२ । काठमाडौं निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
शनिबार पानी परेर रोशी खोलाको पानीको सतह बढेको थियो। आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको थियो। डाइभर्सन बगाएसँगै सडक अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियमित रुपमा बन्द रहने रातिको समयमा बन्द भए पनि बिहानदेखि सबै सवारी साधन सामान्य रुपमा चलिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्