जनता टाइम्स

२३ असार २०८३, मंगलवार १०:५५

ललितपुरसहित २४ जिल्लामा आज बाढीको जोखिम


काठमाडौं, असार २३ । बाढी पूर्वानुमान महाशाखाले आज मंगलबार ललितपुरसहित २४ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सचेत गराएको छ ।

बाढी महाशाखाका अनुसार ललितपुरसहित २४ जिल्ला र त्यसआसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने सम्भावना छ।

सूचनामा भनिएको छ, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।