जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १६:०३

अमेरिकाबाट फर्केलगत्तै बैंकक उडे आईजीपी कार्की


काठमाडौं, साउन ३ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाको प्रमुख संघीय अनुसन्धान ब्युरो (एफबीआई) क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नुभएको हो ।

आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि सहभागी हुनुहुन्छ । कार्यक्रम दुई दिन चल्नेछ । यसअघि आइजीपी कार्की अमेरिका भ्रमण सकाएर स्वदेश फर्कनुभएको थियो ।

आइतवार पुनः बैंककतर्फ लाग्नुभएको छ । आईजीपी कार्कीलाई एआईजीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गर्नुभएको थियो ।