जनता टाइम्स

३ श्रावण २०८३, आईतवार १६:२२

काठमाडौंको कुलेश्वरमा गोली चल्यो, दुई जना पक्राउ


काठमाडौं, साउन ३। काठमाडौंको कुलेश्वरमा गोली चलाएर प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । लागुूषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वरको पुल नजिक गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो । ब्युरोबाट इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।

ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले लागुऔषध कारोबारीलाई पक्राउ गर्न दुई राउण्ड गोली चलाइएको जानकारी दिनुभयो। उनीहरुबाट औषधीजन्य लागुऔषध ठूलो मात्रामा बरामद भएको छ । गोली प्रहारबाट भारतीय नागरिक घाइते भएका छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।