जनता टाइम्स

३ श्रावण २०८३, आइतबार २०:४०

स्पेनले विश्वकप जित्ने रोनाल्डोको भविष्यवाणी


काठमाडौं, ३ साउन । ब्राजिली फुटबलका महान् खेलाडी रोनाल्डो नाजारियोले फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्ने भविष्यवाणी गरेका छन् ।

यस प्रतियोगितामा स्पेनले अहिलेसम्मका लगभग सबै खेलहरूमा आफ्नो नियन्त्रण कायम राखेको उल्लेख गर्दै उनले लियोनल मेस्सीको टोलीविरुद्ध पनि यही पक्ष निर्णायक हुने दाबी गरे ।

अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने दाउमा छ। अर्कोतर्फ, स्पेनले आफ्ना पछिल्ला सात विश्वकप खेलहरूमा मात्र एक गोल खाएको छ।

इएसपीएन ब्राजिलसँग कुरा गर्दै रोनाल्डोले भने, ‘मलाई लाग्छ स्पेनले यो खेल जित्नेछ, र त्यो पनि सजिलै ।’

रोनाल्डोले स्पेन र फ्रान्सलाई सुरुदेखि नै प्रतियोगिता जित्ने प्रमुख दाबेदारका रूपमा हेरेका थिए । यद्यपि, स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २(० ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।

अर्को सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्याण्डलाई २(१ ले हराउँदै लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने सपना जीवितै राखेको छ ।

रोनाल्डोले थपे, ‘मेरो लागि फ्रान्स र स्पेन सधैँ दाबेदार टोली थिए । यदि स्पेनले एक वा दुई गोलको अग्रता लियो भने अर्जेन्टिनासँग खेलमा फर्किने क्षमता छ जस्तो मलाई लाग्दैन, किनकि स्पेनले बलमाथि सधैँ नियन्त्रण जमाउनेछ ।