जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १३:४१

बालाजु नयाँ बसपार्कस्थित होटलमा युवतीको निर्मम हत्या


काठमाडौं, साउन ४ । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवतीको निर्मम हत्या भएको छ।

नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव आइतबार फेला परेपछि हत्या गरेको तथ्य बाहिर आएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले सुनारको हत्या भएको घटनास्थलको मुचुल्काले देखाएको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। गेष्ट हाउस सञ्चालकको जानकारी लगत्तै घटनास्थल पुगेको प्रहरीले मुचुल्का गरी अनुसन्धान अघि बढाएको छभने मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

मृतक निशा सुनार कैलाली धनगढी उपमहानगरपालिका निवासी रहेको प्रहरीले बताएको छ ।