जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १२:२५

काठमाडौंको कीर्तिपुरमा गाडीमा एक्कासी आगो लाग्यो, जलेर चालकको मृत्यु


काठमाडौं, साउन ५ । राजधानीको कीर्तिपुरमा एक निजी गाडीमा एक्कासि आगलागी भएको छ ।

मंगलबार भएको आगलागीमा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको हो ।

सो निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका छन् । कीर्तिपुरको चाँदनीचोकमा कारसहित जलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।