जनता टाइम्स

१० श्रावण २०८३, आईतवार १३:१४

बोली-बचन र कार्यशैली सुधारी नागरिकलाई प्रभावकारी सेवा दिन प्रहरीलाई आइजीपी कार्कीको निर्देशन


धनुषा, साउन ९ । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय सबैलाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।

उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकप्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु प्रहरी र नागरिक दुबैको दायित्व रहेको उहाँले बताउनुभयो ।

नागरिकको समस्या सम्बोधन गर्न थप क्रियाशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोली बचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ग्ल्इएक् का इउभचबतष्यल ऋययचमष्लबतयच एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै UNOPS को Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३ लाख ५४ हजार ६ सय १ रूपैयाँ ७८ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।