काठमाडौं, साउन २८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ ।
अस्ट्रियाको साल्जबर्गमा बुधबार भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गर्नुभयो । एस्टन भिल्लाका बार्यन माड्जोले एक गोल फर्काउनुभयो ।
खेलको २०औँ मिनेटमा क्वारात्स्खेलियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको अन्तिम मिनेटमा माड्जोले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
त्यसपछि ६१औँ मिनेटमा डुएले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाउनुभयो ।
सन् २०१६ र २०१७ मा रियाल मड्रिडले लगातार दुईपटक उपाधि जितेयता सुपर कपको उपाधि रक्षा गर्ने पीएसजी पहिलो टोली बनेको छ ।
यूईएफए सुपर कपमा च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीच प्रतिस्पर्धा हुने गर्छ । पीएसजी च्याम्पियन्स लिग र एस्टन भिल्ला युरोपा लिगको विजेता बनेका थिए ।













प्रतिक्रिया दिनुहोस्