जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:५०

दशौं राष्ट्रिय खेलकुदको मिति तय, मंसिर १६ देखि कर्णालीमा हुने


काठमाडौं, साउन २८ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठकले प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो । पूर्वाधार तथा अन्य तयारी पूरा नभएको लगायतका कारण निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

नयाँ मिति तय भएसँगै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउनुपर्ने चुनौती आयोजकसामु छ ।

दशौं राष्ट्रिय खेलकुद यसअघि पाँचपटक सरेको हो । प्रतियोगिता आयोजना गर्न दुई आर्थिक वर्षमा बजेटसमेत विनियोजन भए पनि खेलकुद राजनीतिलगायतका कारण प्रतियोगिता दुई वर्षपछि धकेलिएको थियो ।