काठमाडौं, साउन २९ । प्रस्तावित ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।
धवल शमशेर राणा सभापति र दुर्गा प्रसाईं सर्वोच्च नेता रहेको ‘जय नेपाल पार्टी’ शुक्रबार निर्वाचन आयोगमा दर्ता हुन लागेको हो ।
पार्टी दर्ताका लागि निर्वाचन आयोगले आज मध्याह्न साढे १२ बजेको समय दिएको सभापति राणाले जानकारी दिनुभएको छ ।
राप्रपाबाट अलग भएर राणाले नयाँ पार्टी गठन गर्नुभएको हो । राप्रपाबाट राजीनामा दिएका तथा हाल उक्त पार्टीमा रहेर असन्तुष्ट रहेका नेताहरू आफ्नो पार्टीमा आउने उहाँले दाबी गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्