काठमाडौं, भदौ ६ । मकवानपुरमा बाढी आएको खोलाले मोटरसाइकल बगाउँदा चालक पौडिएर जोगिएका छन्।
हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा शुक्रबार राति करिब ११ बजे आएको बाढीले ना ५१ प ५८४९ नम्बरको मोटरसाइकल बगाएको हो।
खोलामा ह्युमपाइप राखेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा बाढीले मोटरसाइकलसहित चालक मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलाका २० वर्षीय मनिष कार्कीलाई समेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
खोलाले बगाएपछि कार्की पौडिएर सुरक्षित स्थानमा निस्किएका थिए।
बाढीले बगाएको मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्