जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १५:४६

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु


राजविराज, बैशाख २९

सप्तरीको सुरुङ्गा नगरपालिका-१ हस्पिटल चोकमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा आइतबार एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका-१ हस्पिटल चोकमा रोकिराखेको स.१त. ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा उदयपुर त्रियुगा नगरपालिका-३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानमा पठाइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।