काठमाडौं, भदौ ४ । नेपाली कांग्रेस धादिङ जिल्ला क्षेत्र नम्बर १ (क) का प्रदेश सभापति राजकुमार कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंले बैंकिङ कसुरको मुद्दामा कुँवरलाई पक्राउ गरेको हो ।
धादिङ जिल्लाको धुनिबेसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरलाई २० लाख रुपैयाँ बिगोको बैंकिङ कसुरमा प्रहरीले नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकालीमा राखिएको र थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरको मुध्दा शाखाका डिएसपी राजु अधिकारीले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्