जनता टाइम्स

९ पुष २०७६, बुधबार १५:१४

व्यायाम नगर्दा शरीरलाइ कसरी फिट राख्ने ? यस्ता छन् सूत्र


काठमाडौं, पुस ९

नियमित व्यायाम शरीरका लागि एकदमै फाइदाजनक छ । किनभने व्यायाम गर्नाले तपाइको शरीर फिट र स्वस्थ रहन्छ । तर यदि तपाई नियमित व्यायाम गर्न सक्नुहुँदैन भने यी गतिविधि अपनाउनुहोस् जसले तपाईको स्वास्थ्य स्वस्थ रहन मद्दत गर्छ ।

१. ध्यान गर्नु

ध्यान गर्दा हाम्रो शरीरलाई कैयौं फाइदा मिल्छ। यसकारण पनि पूर्वीय सभ्यतामा स्वस्थ स्वास्थ्यका लागि हजारौ वर्षदेखि ध्यान गरिँदै आइएको छ । नियमित रूपमा ध्यान गर्नाले पाचनप्रक्रिया सुचारू हुन्छ, ब्लड प्रेसर कम हुन्छ, तनावबाट मुक्त भइन्छ । ध्यान गर्नाले मानिसलाई खुसी राख्नेवाला सेरोटोनिन र डोपामाइन केमिकल्सको मात्रा बढ्छ । यदि तपाइलाई कुनै किसिमको दुख छ भने प्रत्येक दिन ध्यान गर्नुहोस् ।

२.अरूको मद्दत गर्नु

अरूको मदत गर्नुलाई पक्कैपनि तपाइले पुण्य कामसँग जोड्नु हुनेछ तर विज्ञानलाई विश्वास गर्ने हो भने अरूको मद्दत गर्नुभन्दा राम्रो काम अरू कुनै छैन । अमेरिकाको पत्रिका ‘पब्लिक हेल्थ’ मा छापिएको शोध अनुसन्धानलाई मान्ने हो भने जो मानिस अरूको मदत गर्दछ उसको ब्लड प्रेसर सामान्य रहन्छ ।

३. खाना पकाउनु

यदि तपाइ खाना बनाउन सोखिन हुनुहुन्छ भने यो खबर तपाइका लागि लाभदायक छ । यदि तपाइको आदत र पेसा नै खाना पकाउनु छ भने त झन् फाइदाजनक भइहाल्यो। खाना बनाउनु नियमित व्यायाम गर्नु जत्तिकै हो । सन् २०१४ मा भएको एक शोध रिसर्चलाई मान्ने हो भने जो मानिस खाना बनाउन सोखिन हुन्छ त्यो मानिस अरूको तुलनामा मोटोपनको सिकार हुँदैन किनभने खाना बनाउनाले प्रत्येक दिन १३० क्यालोरी जलेर नष्ट हुन्छ ।

४. यात्रा गर्नु

यदि तपाइ घुम्नमा सोखिन हुनुहुन्छ भने सुनमा सुगन्ध भने झैँ हुने भयो । साच्चे घुम्नुका कैयौं फाइदा हुन्छन् । एक त तपाइ जान्नुहुनेछ र दोस्रो सबैभन्दा अहम् फाइदा यो छ कि यात्रा गर्नाले तपाइ फिट र निरोगि पनि रहनुहुन्छ । सन् २०१० मा साइकोसोमेटिक मेडिसिन नामको पत्रिकामा छापिएको शोध रिसर्च अनुसार यात्रा गर्दा हाम्रो शरीरमा ब्लड प्रेसरको मात्रा सामान्य रहन्छ । तनावका लागि जिम्मेवार हर्मोनको मात्रा पनि कम हुन्छ । यसका साथै क्यान्सरको खतरा पनि कम हुन्छ ।

५. घर पालुवा जनावरसँग खेल्नु

जसले घर पालुवा जनावरसँग प्रेम गर्दछ र जसका घरमा पाल्तु जनावर छन् । यदि तपाइ पाल्तु जनावरसँग खेल्नुहुन्छ भने तपाइको ब्लड प्रेसर सामान्य रहन्छ र कोलेस्ट्रलको स्तर बढ्दैन। एक्लोपनको महसुस हुनेछैन र मानसिक रोग लाग्दैन ।

६. बुनाई

नियमित रूपमा यदि तपाइले सिलाइकडाइमा व्यस्त राख्नुभयो भने बिल्कुलै तनाव हुनेछैन । सन् २०१३ मा अमेरिकामा भएको एक सर्वेमा यो कुरा पत्ता लागेको हो ।