जनता टाइम्स

११ पुष २०७६, शुक्रबार ०९:४४

१०० जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त


कजाकस्तान, पुष ११

कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ । ७ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । विस्तृत समाचार आइसकेको छैन ।

बेक एयरको सो बिमान दुर्घटनामा परेको हो । अल्माटी बिमानस्थलबाट उड्नासाथै सो बिमान दुर्घटनामा परेको बताइएकोे छ । इमर्जेन्सी सर्भिस पर्सनलहरु त्यहाँ तत्काल पुगेका छन् । स्थानीय समय अनुसार बिहान ७ः२२ बजे सो बिमानले उचाइ गुमाएको थियो । बिमान दुई तले भवनमा झरेको थियो । फुटेजमा उद्धारको कार्य भइरहेको देखाइएको छ । एक जना महिलाले एम्बुलेन्स भन्दै कराइरहेको सुनिएको छ ।

सो बिमान कजाकस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुर्सुल्तानतर्फ जान लागेको थियो । अल्माटी बिमानस्थलले बिमानमा ९५ यात्रु र ५ क्रु मेम्बर रहेको जनाएको छ । (बिबिसी)