एडिलेड, अष्ट्रेलिया, पुस १४ । प्रबासी नेपाली एकता मञ्च साउथ अष्ट्रेलियाले एडिलेडमा नयाँ वर्ष जनवरी १ मा नेपाली टोपी दिवस कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपालीहरुको पहिचान बनेको नेपाली टोपी, नेपाली राष्ट्रिय पोशाक एवं संपुर्ण जातजाती र संस्कृतिका पोशाक तथा भेषभुषाको पहिचान एवं प्रबर्द्धन गर्ने कार्यक्रमको उद्देश्य रहेको मञ्चका नेता कपील पाण्डेले बताउनु भयो । यस २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा यस वर्ष टोपी दिवसले नेपाली पर्यटनलाई विस्तार र प्रवर्धन गर्नका लागि मनाऊन थालिएको नेपाल भ्रमण वर्षको औपचारिक शुरुवात गरी एक नेपालीले एक विदेशी नेपाल पठाऔं भन्ने मुल मर्मलाई मुर्त रुप दिन संपुर्ण अष्ट्रेलियनहरु एकपटक नेपाल जाऔं भन्ने सन्देश संप्रेषण गर्ने पनि वताइएको छ ।
मञ्चले तेस्रो पटक एडिलेड शहरमा आयोजना गरेको यसकार्यक्रमले विगत बर्षहरुमा जस्तै सबै नेपाली जम्मा भएर नयाँ बर्ष दिन शुभकामना आदान प्रदान, नाच गान रमाइलो गर्ने भएकाले यहाँका नेपाली समुदाय बीचमा एकता सद्भाव बढाउने विश्वास व्यक्त गर्नु हुन्छ सामाजिक अगुवा तथा एनआरएनएका अन्तर्राष्ट्रिय कमिटी सदस्य अशोक केशी नयाँ बर्ष, बिद्यालय तथा धेरै जस्तो सरकारी तथा गैर्ह सरकारी कार्यालयहरु पनि बिदा हुने भएकाले बिगत बर्षहरुमा पनि यहाँका नेपाली समुदायको महत्त्वपूर्ण कार्यक्रम हुने गरेको टोपी दिवसलाइ अझ भव्य बनाउन आयोजक समिति विशेष रुपमा कृयासिल रहेको आयोजक सदस्य आर सी भट्टराईले बताउनु भयो ।
कार्यक्रममा स्थानीय कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ भने पञ्चेवाजा समूह एडिलेडका अगुवा गणेश पराजुलीका अनुसार कार्यक्रममा पञ्चेवाजा समुहको विशेष प्रस्तुति समेत रहने छ । त्यसै गरि कार्यक्रममा छेलोर सटपुट लगायत खेलहरुको साथमा नेपाल खानाको परिकार समेत राखिएको वताईएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन मञ्चले बालगोपाल उपाध्याय संयोजकत्वमा १३ सदस्यीय समिति निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्