जनता टाइम्स

१४ पुष २०७६, सोमबार १२:५६

इश्वरी बगालेको नेतृत्वमा बन्यो अनेसास शिकागो कमिटी


लक्ष्मण न्यौपाने/शिकागो (अमेरिका) । अन्तराष्ट्रिय नेपाली साहित्य समाज, शिकागोको प्रथम बार्षिक साधारणसभाले साहित्यकार इश्वरी बगालेको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ । २०१७ डिसेम्बर २४ का दिन शिकागोमा अनेसासका अन्तराष्ट्रिय अध्यक्ष पदम बिश्वकर्माको उपस्थितिमा गठित संस्थाले डिसेम्वर ३० मा भब्यताका साथ साधारण सभा तथा अधिबेशन सम्पन्न गरेको हो ।

अधिबेशनले भीम राई प्रदेसीलाई प्रथम उपाध्यक्ष, जितेन्द्र बिक्रम राणालाई द्वितीय उपाध्यक्ष चयन गरेको छ । यसैगरी लक्ष्मण न्यौपाने सचिब र मिना पाण्डेलाई कोषाध्यक्ष चयन गरेको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा कविता नेपाल, तुल्सी शिवाकोटी, गोपाल जिसी, शिवराज अधिकारी, सारदा गौतम पराजुली र सुबास अर्याललाई सर्वसमितिले चयन गरेको छ । सम्मेलन सम्पन्न गर्न स्थानीय शिकागोल्यान्ड नेपाली फ्रेन्डशिप सोसाइटीका अध्यक्ष तथा सल्लाहकार टेकराज पौडेल नेतृत्वको अध्यक्षमण्डल, जगन निरौला सञ्चालक तथा एन्माका कोषाध्यक्ष ओम दाहाल माइन्यूट तथा टिप्पणी लेखनको जिम्मेवारी लिनुभएको थियो ।

यस्तै स्थानीय समाजसेवी खेम पाठक निर्वाचन आयुक्त रहनुभएको थियो । बन्द सत्रमा बार्षिक कार्यप्रगती, लेखा प्रतिबेदन तथा बिधान समेतमा व्यापक छलफल गरी पारित गरिएको थियो । नव निर्वाचित कमिटीलाई निबर्तमान अध्यक्ष बिष्णा बिरही, निर्वाचन आयुक्त खेम पाठक र अध्यक्ष मन्डलका अध्यक्ष टेकराज पौडेल कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो भने नव निर्वाचित अध्यक्ष बगालेले आगामी २ बर्षमा शिकागोमा साहित्य क्षेत्रमा आफुले गर्न सक्ने कामको लागि प्रतिबद्वता ब्यक्त गर्नुभयो ।

यसअघि सम्पन्न कार्यक्रमको खुलासत्र भब्यरुपमा भएको थियो । सो कार्यक्रम संस्थाकी अध्यक्ष तथा बरिस्ठ साहित्यकार बिष्णादेवी बिरहीको सभापतित्व एवं आन्माका कोषाध्यक्ष ओम दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली अमेरिकन सेन्टरका अध्यक्ष बिष्णु फुयाल, स्थानीय समाजसेवी खेम पाठक, शिकागोल्यान्ड नेपाली फ्रेंडसिप सोसाईटीका अध्यक्ष टेकराज पौडेल, लायन्स क्लब शिकागोका अध्यक्ष रमाकान्त खरेललगायत अतिथिहरुले शिकागोमा अनेसासले गरेका कामहरु र साहित्य क्षेत्रमा शिकागोबासिहरुको रुचीबारे चर्चा गर्नुभयो । कार्यक्रमको सञ्चालन इश्जरी बगालेले र स्वागत जितेन्द्र बिक्रम राणाले गर्नु भएको थियो भने प्राबिधिक कार्यक्रमको ब्यबस्थापन र सहजीकरण लक्षमण न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा खुलासत्र संगै बिभिन्न बालश्रष्टाहरुले आफ्नो रचना बाचन गरेका थिए । कृशा पाण्डे र अतुल सिवाकोटी जस्ता बाल प्रतिभाहरुले कबिता र निबन्ध प्रस्तुत गरेका थिए । खुला सत्रको अन्त्यमा साहित्यकार बिष्णा देबी बिरहीको मुक्तक संग्रह ‘बन्दी सपना’को बिमोचन गरियो । ओम दाहाल, टेकराज पौडेल, खेम पाठक, बिष्णु फुयाल र रमाकान्त खरेलले संयुक्त रुपमा बिमोचन गर्नुभएको सो मुक्तकमा बिरहीका २२८ ओटा मुक्तकहरु समाबेश छन । कार्यक्रममा बिगत २ बर्षमा शिकागो साहित्य समाजलाइ सहयोग गर्ने संस्था र ब्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा शिकागोको नेपालीहरुको साझा संस्था शिकागोल्यान्ड नेपाली फ्रेन्ड्सिप सोसाइटी, जेजे ट्याक्स, आशा पिचर्स, हिमालयन शेर्पा किचन र नेपाल हाउस रेस्टुरेन्ट रहेका छन । यस्तै बाल साहित्यकार कृशा पान्डे र अतुल सिबाकोटीलाई पनि सम्मानित गरिएको थियो । हाइवूड पार्कमा रहेको हिमालयन शेर्पा किचन रेस्टुरेन्टमा करिब ५० जना कवी तथा साहित्यकारहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।