जनता टाइम्स

१४ पुष २०७६, सोमबार १८:४७

डिआइजी डा. आशा सिंह एआइजीमा बढुवा सिफारिस


काठमाडौं, पुस १४ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) आशा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस हुनुभएको छ । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले अस्पतालमा कार्यरत रहनुभएकी सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

सिंह वरिष्ठ स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । प्रहरीको रिक्त उहाँको कार्यक्षमताकै आधारमा प्राविधिकतर्फको एआइजी पदमा सिफारिस हुनुभएको हो । अस्पतालको मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा एआइजी पद रिक्त थियो । सोही पदमा सिंहको सिफारिश भएको हो ।