जनता टाइम्स

१६ पुष २०७६, बुधबार १०:५४

भ्रमण वर्षलाई प्रचार गर्ने गरी चिनियाँ राजदूत यान्छीको फोटोसुट


काठमाडौं, पुष १६

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत गर्दै भ्रमण वर्षको प्रचार गरिदिनु भएको छ । मंगलबार सामाजिक संजाल ट्वीटरमा आफ्ना ४ सुन्दर तस्बिर सेयर गर्दै भ्रमण वर्षको सफलताको शुभकामना समेत दिनुभएको छ ।

राजदूत यान्छीले ट्वीटमा लेख्नु भएको छ, ‘प्राकृतिक सौन्दर्यले सदैव भित्री मनलाई छुन्छ । विविधता, इतिहास र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर नेपाल साच्चिकै घुम्‍न लायक छ ।’ उहाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई मेन्सन गर्दै आफ्ना चारवटा तस्बिर पोस्ट गर्नुभएको छ ।