जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार २०:०२

बालेनको चेतावनी : ‘उम्किन्छु भनेर सपना नदेखे हुन्छ’


काठमाडौं, कात्तिक १५ । प्रधानमन्त्री बालेन्द्र शाहले उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिनुभएको छ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कुनै प्रसंग वा व्यक्तिको नाम उल्लेख नगरी उहाँले यस्तो चेतावनी दिनुभएको हो।

‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उहाँले लेख्नुभएको छ।

प्रधानमन्त्री शाहले कुन प्रसंग र व्यक्तिलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिनुभएको हो भन्ने खुलाउनुभएको छैन।