जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १२:१५

दुई सातापछि प्रधानमन्त्री बालेन शाहले बाेलाए मन्त्रिपरिषद् बैठक 


काठमाडौं, कात्तिक १७। प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज अपराह्न ४ बजेका लागि तय गरिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

करिब दुई साताको लामो अन्तरालपछि प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएकाे छ ।