जनता टाइम्स

१७ कार्तिक २०८३, मंगलबार १३:२२

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा


काठमाडौं, कात्तिक १७ । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियारले नेपालविरुद्ध मुद्दा पेस गरेको हो।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने प्रक्रियामा कैफियत देखिएको दाबी गरेको छ। उक्त मुद्दा विशेष अदालतमा दर्ता हुने प्रक्रियामा रहेको जनाइएको छ।

नेपालविरुद्ध यसअघि पतञ्जली जग्गा प्रकरणमा पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ।