जनता टाइम्स

१९ पुष २०७६, शनिबार १६:२०

स्कुटरको ठक्करले कन्टेनरका सहचालकको मृत्यु


भक्तपुर, पुष १९

अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ ।

कन्टेनर गाडी पछाडि सार्ने क्रममा ठाउँ माग्दै गरेका सहचालक फरकुवावाद भारतका २५ वर्षीय नरेन्द्र पाललाई काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेकोे बा९२प ३४०९ नंको स्कुटरले ठक्कर दिएको थियो । गम्भीर घाइते पालको डा इवामुरा मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

ठक्कर दिने स्कुटर चालक जिल्ला सूर्यविनायक नगरपालिका–९ नलिनचोक बस्ने ३८ वर्षीय वसन्त देउजालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।