जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १४:४१

नगर अस्पताल निर्माण गरिने


ललितपुर, बैशाख ३०

नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको वडा नं २७ ९साविक सुनाकोठी गाविस० मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”